MENU

Where the world comes to study the Bible

मुक्तिको लागि परमेश्वरको योजना

Related Media

मुक्तिको लागि परमेश्वरको योजना

१ यूहन्ना ५:११-१२ गवाहीचांहि यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहांका पुत्रमा छ; जससंग पुत्र हुनुहुन्छ, त्यससंग जीवन छ, जससंग परमेश्वरका पुत्र हुनुहुन्न, त्यससंग जीवन हुंदैन। यो खण्डले भन्दछ, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ र त्यो जीवन उहांको पुत्रमा छ। अर्को शब्दमा, अनन्त जीवन पाउंनु भनेको हामीले परमेश्वरको पुत्रलाई पाउंनु हो। अब प्रश्न यो छ कि, कुनै ब्यक्तिले परमेश्वरको पुत्रलाई कसरी प्राप्त गर्न सक्छ?

मानिसको समस्या

परमेश्वरबाट अलग

यशैया ५९:२ तर तिमीहरुका अधर्मले तिमीहरुलाई आफ़्ना परमेश्वरबाट अलग गरेका छन, र तिमीहरुका पापले गर्दा उहांको मुहार तिमीहरुबाट छेकिएको छ, र उहांले तिमीहरुको कुरा सुन्नुहुनेछैन।

रोमी ५:८ तर परमेश्वरले हाम्रा निम्ति उहांको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छंदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।

रोमी ५ को ८ पद अनुसार, परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ भन्नेकुरा आफ़ना पुत्रको म्रित्युद्वारा प्रकट गर्नुहुन्छ। येशू ख्रीष्ट हाम्रा निम्ति किन मर्नुपरयो? किनभने बाईबलले बताउंदछ कि सबै मानीसहरु पापी छन। पाप गर्नु भनेको नीशाना चुकाउनु हो। बाईबलले भन्दछ, "सबैले पाप गरेका छन, र परमेश्वरको महिमासम्म (पुर्ण पबित्रता) पुग्नबाट चुकेका छन" ( रोमी ३:२३)। अर्को शब्दमा भन्नु पर्दा, हाम्रा पापहरुले हामीलाई परमेश्वरबाट अलग गराएकाछन, जो शिद्ध पबित्र ( धर्मी र न्यायी) हुनुहुन्छ र त्यसैकारण उहांले सबै पापी मानीसको न्याय गर्नुहुन्छ।

हबकूक १:१३क, तपाईंको द्रिष्टि यति शुद्ध छ, कि तपाईं दुष्ट कुरा हेर्न सक्नुहुन्न।

हाम्रा कार्यहरुको असफ़ल परिणाम

बाईबलले हामीलाई यो पनि सिकाउंदछ, कि हाम्रा कुनैपनि मानवीय मान-प्रतिष्ठा, असल कार्यहरु, आचरण, तथा धार्मिक क्रियाकलापले ईश्वरप्राप्त गर्न र स्वर्गधाम प्रबेश गर्न मद्धत गर्न सक्दैन। सदाचारी अनि धार्मिक ब्यक्ति होस या दुराचारी अथवा अधार्मिक सबै मानीसहरु एउटै डूंगामा रहन्छन। ति सबै नै परमेश्वरको महिमारहित हुन्छन। रोमी १:१८ देखि ३ अध्यायको ८ पदसम्म दुराचारी, सदाचारी तथा धर्मी-अधर्मी दुबैप्रकारका मानिसको बारेमा बताई सकेपछि, प्रेरित पावलले दुबै यहूदी र ग्रीकहरु पापको अधिनमा छन र"धर्मी कोही छैन, एक जना पनि छैन" ( रोमी ३:९-१०) भनि प्रष्ट पार्दछन। थप जानकारीको लागि बाईबलका निम्नलिखित बचनका पदहरुले पनि यही बिषयमा जोड दिएका छन:

एफ़िसी २:८-९ किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरुले उद्धार पाएका छौ-- र यो त तिमीहरु आंफ़ैबाट होइन, यो त परमेश्वरको वरदान हो; कर्मद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।

तीतस ३:५-७ तब हामी आंफ़ैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहांको आफ़्नै क्रिपाअनुसार पुनर्जीवनको स्नानद्वारा र पबित्र आत्माद्वारा भएको नवीकरणबाट उहांले हामीलाई मुक्ति दिनुभयो, जो उहांले हाम्रा मुक्तिदाता येशू ख्रीष्टमाथि प्रशस्त गरी खन्याउनुभयो, ताकि उहांको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकारी बन्न सकौं।

रोमी ४:१-५ अब, शरीरअनुसारका हाम्रा पुर्खा अब्राहामको सम्बन्धमा हामी के भनौं त? यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए उनलाई घमण्ड गर्ने केही ठांउ रहनेथियो, तर परमेश्वरको अगाडि त होइन। किनकि पबित्र-शास्त्रले के भन्छ? "अब्राहामले परमेश्वरमाथि बिश्वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो।" अब काम गर्नेले जुन ज्याला पाउंछ त्यो दान होइन, तर त्यो उसको पाउने हक हो। जसले कर्मचांहि गर्दैन, भक्तिहीनलाई धर्मी ठहराउनुहुने परमेश्वरमाथि भरोसा राख्तछ, त्यस्तो मानिसको विश्वास धार्मिकता गनिन्छ।

मानिसका कार्यहरु कुनै रितिले पनि परमेश्वरको जस्तो असल हुन सक्दैनन। उहां त धर्मी हुनुहुन्छ। यसर्थ, हबकूक १:१३ ले भन्दछ, परमेश्वरले अधर्मीहरुसंग कहिल्यै पनि संगति गर्न सक्नुहुन्न। परमेश्वरद्वारा ग्रहणयोग्य हुनको लागि हामीहरु पनि उहांजस्तै असल हुनुपर्दछ। परमेश्वरको अगाडि हामी सबै नांगै उभिएका छौं, अ:सहाय र निकम्मा छौं। हाम्रा कुनै पनि राम्रा कामहरुले या असल जीवन जिएका कुराले हामीलाई स्वर्गमा पुरयाउने या अनन्त जीवन दिदैनन। त्यसो भए, यसको उपाय या समाधान के हुन सक्दछ त?

परमेश्वरको समाधान

परमेश्वर केवल पबित्रमात्र हुनुहुन्न ( जसको स्वभाव हामीहरु आफ़नै बर्कत र सामर्थ्यले कहिल्यै पनि प्राप्त गर्न सक्दैनौं) तर उहां अनुग्रह र दयाले भरपुर एक प्रेमीलो पनि हुनुहुन्छ। उहांको यिनै प्रेम र दयारुपि स्वभावका कारणले हामीलाई कहिल्यै पनि निराश र अन्यौलतामा छोड्नु भएन।

रोमी ५:८ तर परमेश्वरले हाम्रा निम्ति उहांको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छंदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।

यो नै हाम्रो लागि बाईबलमा भएको एउटा खुशिको सु-समाचार हो। यो नै परमेश्वरको आफ़नै पुत्रको एक अनमोल उपहारको सु-समाचार हो, जो मानिस बन्नुभयो( परमेश्वर-मानिस), पापरहित जीवन जिउनुभयो, हाम्रो पापको लागि क्रुसमा मर्नुभयो, र आंफ़ैनै परमेश्वरको पुत्र हो भनि प्रमाणीत गर्न र हाम्रो पापको बदलामा मरेर म्रित्यु पछि पनि पुनर्जीवीत भई चिहानबाट बौरी उठ्नुभयो।

रोमी १:४ येशू ख्रीष्ट हाम्रा प्रभु मरेकाहरुबाट पुनरुत्थान भएर पबित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरको पुत्र ठहरिनुभयो।

रोमी ४:२५ उहां हाम्रा अपराधहरुका निम्ति मारिनुभयो, र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो।

२कोरिन्थी ५:२१ किनकि हामी उहांमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो।

१पत्रुस ३:१८ किनभने हामीलाई परमेश्वरकहां ल्याउन ख्रीष्ट पनि पापहरुका निम्ति सदाको लागि एक चोटि मर्नुभयो। उहां शरीरमा मारिनुभयो, धर्मीजन अधर्मीहरुका निम्ति, तर आत्माद्वारा जीवित पारिनुभयो।

हामी परमेश्वरका पुत्रलाई कसरी ग्रहण गर्न सक्छौं?

येशू ख्रीष्टले क्रुसमा हाम्रो लागि जुन कार्य पुरा गर्नुभयो, बाईबलले भन्दछ, कि "जोसंग पुत्र हुनुहुन्छ, उसंग जीवन छ"। हाम्रो ब्यक्तिगत विश्वासद्वारा पुत्र येशू ख्रीष्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ र उहां हाम्रो पापको निम्ति मर्नुभयो भनी ग्रहण गर्न सक्छौं।

यूहन्ना १:१२ तर जतिले उहांलाई ग्रहण गरे र उहांले तिनीहरुलाई (पनि) परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।

यूहन्ना ३:१६-१८ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहांले आफ़ना एकमात्र पुत्र दिनुभयो, ताकि उहांमाथि विश्वास गर्ने कोही पनि नाश नहोस, तर त्यसले अनन्त जीवन पाओस। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहांद्वारा बांचोस भनेर पठाउनुभयो। जसले उहांमाथि विश्वास गर्छ, त्यो दोषी ठहरिंदैन, तर विश्वास नगर्नेचांहि अघिनै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउंमा विश्वास गरेको छैन।

यसको अर्थ हामी प्रत्येक सबैजना परमेश्वरको चरणमा १) एउटा पापी जसले आफ़्नो पापलाई चिनेकोछ, २) आफ़्नो मानविय कर्मद्वारा मुक्ति पाईंदैन भन्नेकुरा महसुस गरेको छ, र ३) मुक्ति पाउंनको लागि ख्रीष्टको विश्वासमा आंफ़ैलाई पुर्णरुपमा समर्पण गर्दछ।

ख्रीष्टमा मुक्तिप्राप्त गर्नका लागि यदि तपाईंले उहांलाई आफ़नो ब्यक्तिगत मुक्तिदाता भनी ग्रहण गर्न, आफ़नो पाप-स्वीकारको प्रार्थना गरेर ख्रीष्ट्मा आफ़नो विश्वास बढाउन र पाप-छेमाको निम्ति प्रार्थना गर्न चाहनुहुन्छ भने।

या यदि ख्रीष्टलाई विश्वास गरिसक्नुभएको छ र उहांमा जिंउने नयां जीवन र उहांको मार्गमा हिड्न चाहनुहुन्छ भने। हामी तपाईंलाई ABCs for Christian Growth अध्ययन गर्नुहोस भनी सल्लाह दिन्छौं। परमेश्वरको बचनको सत्यतालाई बुझ्न र ख्रीष्टमा तपाईंले गरेको विश्वासको जगलाई अझैं बलियोरुपमा निर्माण गर्न तपाईंलाई यो सानो पुस्तिकाले एकदमै ठूलो सहयोग पुरयाउंनेछ।

Related Topics: Soteriology (Salvation)

Report Inappropriate Ad